Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कावासोती ।
नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वी शाखाको भवन निर्माणका लागि पे्रस संगठन नेपालका केन्द्रीय सदस्य बिद्रोही गिरीले ५१ हजार १११ रुपैया सहयोग गर्ने घोषण गर्नु भएको छ । केन्द्रीय सदस्य गिरी र उहाँकी श्रीमती नेपाल पत्रकार महासंघका पार्सद विना न्यौपानेले ५१ हजार १११ रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको हो । नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वको प्रथम साधारण सभाका क्रममा केन्द्रिय सदस्य गिरीले महासंघको जिल्ला भवन निर्माणकालागि बुबा कृष्णराज गिरी तथा ससुराको स्मृतीमा भवन निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
पत्रकार महासंघ नवलपुरको भवन नहुदा यहाँ समस्या रहदै आएको भन्दै जग्गा व्यवस्थापन पछी भवन निर्माणको कार्यमा सहयोग पुर्याउने उद्येश्यले सहयोगको घोषण गरेको केन्द्रीय सदस्य गिरीले बताउनु भयो । पत्रकारहरुले आफ्नो भवनमा बसेर आवश्यक कामगर्न समेत नपाएको अवस्थालाई अन्त्य गर्न आफुले ईट्टा थप्ने काम गरेको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य गिरी कावासाेती सूचना तथा संचार केन्द्र द्वारा संचालित रेडियो कावासाेतीकाे संचालक समिति अध्यक्ष समेत रहनु भएकाे छ ।
हाल महासंघको लागि जग्गा व्यवस्थापनको काम भईरहेको र चाडै जग्गाको व्यवस्थापन पश्चात पत्रकार महासंघको भवन निर्माणको काम हुने नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वका अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । यस अघी अध्यक्ष रानाभाटले समेत भवन निर्माणकालागि ५० हजार रकम सहयोग गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया