नेकपा नवलपुरको प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक पठायो
कावासोती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरका दाहाल-नेपाल समूहले शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओलीलाई विरोध पत्र र संविधानको किताब पठाएको छ ।
संसद विघटनको विरोधमा आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले शुक्रबार देशैभरी प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र र संविधानको पुस्तक पठाउने कार्यक्रम तय भए अनुसार पुर्वी नवलपरासीमा पनि कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा केन्द्रिय सदस्य किसन शर्मा गैरे, केन्द्रिय सदस्य रविन्द्र अधिकारी , संविधान सभा सदस्य कृष्ण पौडेल ,...


