
नवलपुर: स्वास्थ्य कार्यालय नवलपुरले गैडाकोट र देवचुली स्वास्थ्य शाखाको चौमासिक कार्यको प्रशंसा गरेको छ । चालु आर्थिक बर्ष २०७७–०७८ को स्वास्थ्य सम्वन्धि पहिलो चौमासिक कार्यको मुल्यांकन गर्दै कार्यालयले दुबै शाखालाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।
कावासोतीको हिकोडेफमा बुधवार र बिहीवार २ दिन चलेको साउन–कार्तिक चौमासिक समिक्षा कार्यक्रमको समापन सत्रमा कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले सम्वन्धित स्वास्थय शाखाबाट उपस्थित कर्मचारीलाई प्रशंसा पत्र हस्तान्तरण गरिन् ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा बिश्वभर फैलिएको कोरोना महामारीका बेलामा पनि नागरिकको स्वास्थ्य सुरक्षा र सेवामा जिल्लाका ८ वटै पालिकाले संवेदनशिल भएर जिम्मेवारीपुर्वक कर्तब्य पालना गरेकोमा सवैलाई धन्यबाद दिएका छन् ।
प्रमुख चापागाईका अनुसार स्वास्थ्यसँग सम्वन्धित तथ्याङ्क प्रबिष्टताका आधारमा गरेको मुल्यांकनका आधारमा गैंडाकोट र देवचुली स्वास्थ्य शाखालाई प्रशंसा पत्रले कदर गरिएको हो ।