×

गैँडाकोट । नवलपुरको गैंडाकोटमा रहेको सुर्यभक्त पतनादेवी मेमोरियल (एसपीएम) कलेजको युवा रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुले आज कलेजको सरसफाई गरेका छन् । कोभीड १९ का कारण लामो समयदेखि रोकिएको आफ्ना गतिविधी सरसफाई कार्यक्रमबाट फेरि सुरु गरेको कलेजका युवा रेडक्रस सर्कलका अध्यक्ष इन्द्रज्योती पोखरेल बताए ।

उनले रेडक्रसले अब अन्य सामाजिक कामहरु पनि अघि बढाउने बताए । कलेज परिसरमा एक औपचारिक कार्यक्रम गरि सर्कलले सरसफाई कार्यक्रम गरेको हो । कलेजका प्राचार्य दिपेन्द्र पौडेलले विद्यार्थीले सामाजिक कार्यक्रमको पुनः थालनी गरेर सह्रानीय काम गरेको बताए । उनले कलेजले नियमित पठनपाठनका साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि प्रोत्साहन गर्ने पनि बताएका थिए ।

कलेज परिसरको सरसफाई कार्यक्रममा युवा रेडक्रस सर्कलका विद्यार्थीसहित कलेजका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया