×

गैँडाकोट । यस बर्ष नवलपुर जिल्लाको पहाडी भेगमा उत्पादन हुने तरुलको व्यापारमा कमी आएको छ । तरुल उत्पादन राम्रो हुने र यहाँ उत्पादित तरुलहरु जिल्लाका स्थानीय बजार लगायत काठमाडौँ, वुटवल, नारायणगढ र पोखरा र अन्य शहरहरुमा पनि माग हुने गर्दथ्यो । कोरोना बाट सृजित लकडाउनको कारणले गर्दा यो क्षेत्रमा पनि नराम्रो असर परेको छ ।

किसानले उत्पादन गरेको तरुलहरु न स्थानीय वजारमा विक्री भएको छ न त विभिन्न जिल्लाबाट माग नै भै आएको छ । तरुलको खपतमा कमीका कारण यहाँका किसानहरू मारमा परेका छन् ।विशेष गरि माघेसंक्रान्तीलाई लक्षित गरि नवलपुुर जिल्लाको कावासोती कृषि उपज थोक बजार बजार क्षेत्रबाट अन्य जिल्लामा तरुलको निर्यात गरिदै आएपनि तरुलको ब्यापार पहिले जस्तो नभएको कृषि उपज थोक बजार ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले जानकारी दिनुभयो ।

कोरोना कारण मुख्य शहर बजारमा चहलपहलमा कमी आउनुका साथै कृषकले तरुलको मागमा कमी हुन्छ भन्ने शंकाले नै तरुलको कम उत्पादन गरेको अध्यक्ष बस्यालले बताउनुभयो ।
पहाडी क्षेत्रमा उत्पादन गरिने पिँडालुु तरुल,र बन तरुल गरी दुई जातको तरुलको जिल्लामा राम्रो उत्पादन हुुदै आएको छ । प्रति के.जी ५० देखि १ सय रुँपैयामा बिक्री हुने गरेको छ । गत बर्षहरुमा न्यूनतम ५० लाख बराबरको तरुल निर्यात गरेपनि यसबर्ष भने ३० लाख बराबरको मात्रै तरुल निर्यात हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया