×

गैँडाकोट । लागुुऔषध सहित २ युवालाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष २२का सन्तोष सुनुवार र नवलपरासी (पश्चिम) पालिनन्दन गाउँपालिका वडा नं. १ बस्ने बर्ष २२ का नरसिंह मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी मोहन बहादुर खाँणका अनुसार गैंडाकोट नगरपालिका वडा नं. ५ बाट ईलाका प्रहरी कार्यलय गैडाकोट बाट खटीएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
उनिहरुको साथबाट डाईजोपाम ५९ एम्पुल, नुफिन ५९ एम्पुल, फेनरागन ५९ एम्पुल गरी जम्मा १७७ एम्पुल लागु औषध र नगद रु ४० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । दुवैजना UP 56 AF 5058 नम्वरको मोटरसाईकलमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया