×

गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि नेकपा (ओली समूह) ले नवलपुरको गैँडाकोटमा पार्टि सुदृढीकरण अभियानलाई तिव्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियताका पक्षमा गरेको निर्णयको स्वागत गर्ने नेकपाले जिल्लाको महत्वपूर्ण स्थानीय तहको रुपमा परिचित गैँडाकोटमा आफ्नो सकृयतालाई प्रभावकारी बनाएको हो ।
नगरका १८ वटै वडाहरुमा केन्द्रीय नेताहरु कृष्ण घिमिरे र दिपक अधिकारीको उपस्थितिमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको नेकपाले जनाएको छ । गैँडाकोटमा शनिवारदेखि सुरु भएको अभियान पौष २४ गतेसम्म जारी रहने नेकपा स्रोतले बताएको छ ।
आईतबार गैँडाकोट नगरपालिका वडा नं. ८ मा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय नेताहरु दिपक अधिकारी र कृष्ण घिमिरेले लोकतन्त्र खतरामा पर्न लाग्दै गर्दा प्रधानमन्त्रीले त्यसलाई बचाउन संसद विघटन जस्तो बाध्यकारी निर्णय गर्न परेको बताए ।
प्रचण्ड माधव गुटमा पद लोलुपताको विकास भएको भन्दै नेताहरुले त्यसले पार्टिमा २ चिरा आएको प्रष्ट पारे ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य ज्ञानहरी पौडेल , शिवहरी पौडेल वडा नं. ८ का वडा अध्यक्ष डिलाराम रिजाल नेकपाका जिल्ला नेता गिरिराज उपाध्याय साविक युवासंघका नगरकमिटिका अध्यक्ष रमेश ढकाल , गोपाल गौतम, नरेश थापा लगाएतको उपस्थिति रहेको थियो । नेकपा २ समूहमा विभाजन भएसँगै गैँडाकोट नगरमा रहेका तत्कालिन नेकपा एमालेका अधिकासं नेता कार्यकर्ता ओली समूहमा रहने संकेत गरेका छन ।

तपाईको प्रतिक्रिया