×

 देवचुली ।पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १० बाट हराईरहेका साहिल पाण्डे फेला परेका छन् ।

मंगलवार विहान आफ्नै निवासबाट हराईरहेका २१ वर्षिय पाण्डे भारतको अयोध्या राम मन्दिरमा फेला परेको परिवारले जानकारी दिएको छ । परिवारमा सामान्य मनमुटाव गरि घर छाडेर हिडेका पाण्डे भारतमा सकुशल भेटिएका छन् ।

गत बुधवार छोरा हराएको भन्दै खोजिदिन साहिलका वुवा र अंकलले जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दिएका थिए । हराईरहेका पाण्डे अहिले परिवारको सम्पर्कमा रहेका छन् ।

तपाईको प्रतिक्रिया