Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल लाई आज पर्वत -गैंडाकोट सम्पर्क मञ्च गैंडाकोटले स्वागत एवं सम्मान गरेको छ ।गैँडाकोट नगरपालिकामा चार महिना अगाडि देखि कार्यभार सम्हालु भएका प्रमुख प्रशासासकीय अधिकृत भुसाललाई मञ्चले स्वागत एवं सम्मान गरेको हो । पर्वत-गैंडाकोट सम्पर्क मञ्चका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिष्णु प्रसाद भुसाल रहनुभएको थियो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका अधिकृत मोतिप्रसाद रिजाल,संविधान सभा सदस्य गुणाखर बस्याल,गैंडाकोट नगरपालिकाका शाखा अधिकृत पुष्पराज शर्मा,जनक कलेजका प्राचार्य चेतनाथ भुसाल,कमल प्रसाद पराजुली, बेदप्रसाद गौडेल,टिकाराम पराजुली, लगाएतको उपस्थिति रहेको थियो ।

गैंडाकोट-पर्वत सम्पर्क मञ्चका उपाध्यक्ष शोभा पराजुलीले उपस्थित सम्पुर्ण लाई स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भूसाल सहित गैंडाकोट नगरपालिकाका शिक्षा शाखाका अधिकृत मोतिप्रसाद रिजाल र नगरपालिकाकै शाखा अधिकृत पुष्पराज शर्मा लाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

साविक पर्वतबाट हाल गैंडाकोट नगरपालिकामा राष्ट्रसेवक कर्मचारीका रुपमा पद सम्हालेका उहाँहरुलाई हौसला दिनका लागि उक्त कार्यक्रम को आयोजना गरिएको पर्वत-गैंडाकोट सम्पर्क मञ्चका अध्यक्ष प्रेम कुमार शर्माले बताउनुभयो । कार्यक्रम को सहजीकरण गैंडाकोट-पर्वत सम्पर्क मञ्च का सचिव कमल तिवारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया