कामदारले भुक्तानी नपाउँदा नारायणगढ-बुटवल सडक विस्तार ठप्प
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तारको काम ठप्प भएको छ । आयोजनाले पारिश्रमिक भुक्तानीमा ढिलाइ गर्दा कामदार साइटमै जान छाडेपछि राष्ट्रिय गौरवको यो आयोजना प्रभावित भएको हो । काम गरेको भुक्तानी नपाएपछि कामदार साइटमा नआउँदा शुक्रबारदेखि नै काम रोकिएको छ । आयोजनाको पूर्वी खण्डका प्रमुख रमेश दृष्टिका अनुसार कामदार साइटमा नआउँदा काम ठप्प भएको हो । उक्त साइटमा करिब ४०० जनाले काम गरिरहेका थिए । उनीहरुले यस अघि पनि काम रोकेका थिए ।
यसअघि ठेकेदार कम्पनी...


