Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । पूर्वि नवलपरासीमा २ युवा लागुुऔषध सहित पक्राउ परेका छन । कावासोती नगरपालिका वडा नं. १६ चालिसकिलो जंगलबाट २ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पुर्व तर्फ जान आउँदै गरेको ग १ ख ९६१६ नं को बस चेक जांच गर्ने क्रममा चितवन भरतपुर २७ का विनोद चौधरी र भरतपुर १७ का बिजय लामा पक्राउ परेका हुन ।
उनिहरुको साथबाट नुफिन, डाईजापाम र फेनारागन बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । पक्राउ परेका उनिहरुमाथी लागु औषध मुद्दामा अनुसन्धान भई रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया