×

गोविन्द घिमिरे
गैँडाकोट । नवलपुरकाे  गैँडाकोटमा ११ करोड बढीको लगानीमा होटल मुन स्टार सञ्चालनको तयारी गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोकमा चितवनका युवा व्यवसायी राम गैरे र ध्रुव न्यौपानेले होटल मुन स्टार सन्चालनमा ल्याउन लागेका हुन ।

१४ वषदेखि जापानमा होटल व्यवसाय गर्दै आएका गैरेले विदेशमा सिकेको सीपलाई स्वदेशमै परिचालन गर्ने उदेश्यले नयाँ होटल सञ्चालन गर्न लागेको जानकारी दिए ।५ कठ्ठा भन्दा बढी क्षेत्रफमा फैलिएको होटल मुन स्टारको ८० प्रतिशत काम पुरा भएको भन्दै उद्घाटन केहिदिनपछि गर्ने तयारी गरिएको उनले बताए । होटलमा विभिन्न स्तरका १९ वटा कोठा र एउटा हल बनाई सकिएको होटल मुन स्टारका प्रोपाईटर कृष्ण कुमारी गैरेले जानकारी दिईन । हलमा विभिन्न प्रकारका तालिम, गोष्ठी, अन्तरक्रिया, तथा विवाह पार्टि गर्न सकिने छ । १ हजार जना सम्मको क्षमताको हल तयारी अवस्थामा रहेको उनको भनाई छ ।

व्यवस्थापक हरि पौडेलका अनुसार होटलमा सुविधासम्पन्न एसी रुम, डिलक्स रुम र स्वीट रुमहरु  तयार गरिएको छ भने नेपाली चाईनिज, कन्टिनेन्टल खाना तथा खाजाको सुविधा  होटलमा छ । रेष्टुरेन्टमा ५ वटा खाजा खानको लागि आर्कषक क्याविन तयार गरिएको छ । खाजा तथा खाना तयार गर्नको लागि तालिम प्राप्त दक्ष कुकहरु राखिएको छ।

पारिवारिक तथा शान्त वाताबरण र मुख्य राजमार्गबाट नजिकै भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि समेत आफुुहरुले सुविधा उपलव्ध गराउन सक्ने पौडेलले बताए ।होटलले नवलपुर र चितवनका पर्यटकिय गन्तव्यहरुमा समेत यात्रा गराउने योजना बनाएको छ । स्थानीय क्षेत्रका मौलाकालिका, देवघाट, सौराहा, शास्वतधाम लगायतका क्षेत्रमा प्याकेजमै होटलबाटै यात्राको गर्न सकिने प्रवन्ध मिलाएको छ ।

 

तपाईको प्रतिक्रिया