अस्पतालमा राजनीति : सामुदायिक प्राकृतिक चिकित्सालयमा आज चुनाव हुँदै
सुस्मा न्यौपाने
गैँडाकोट । पुर्वी नवलपरासीको रजहरमा रहेको प्रतिष्ठित अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयमा दलीय राजनिति सुरु भएको छ । सन्चालक समितिको दुई पदमा एक अर्कोले दावी नछाडेपछि ती पदका लागि आज चुनाव हुन लागेको हाे । सन्चालक समितिको वरिष्ठ उपाध्यक्ष र सचिव पदमा आज मतदान हुन लागेको हो ।वरिष्ठ उपाध्यक्ष र सचिव पदमा दलहरुले आफ्नो उम्मेदवार बनाएर खडा बनाए पछि सहमतीको सम्भावना सकिएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट ऋृषि तिवारी र ...


