×

गैँडाकोट । अरुलाई सुन्दर बनाएर आत्मसन्तुष्टी लिने व्युटीसियन लक्ष्मी पोखरेल एक उत्कृष्ट मेकअप आर्टिष्ट बन सफल भएकी छिन् । तनहुँ जिल्लामा जन्मीएर भैरहवामा शिक्षा संगसगै वाल्यकाल विताएकी उनी २०५३ सालमा वैवाहिक जीवनमा वाधिएर रौतहट पुगिन् । कलिलो उमेर देखि नै मेकअपमा रुची राख्ने उनले गाउँघरमा कसैकोविवाह हुँदावेहुली सिंगार्ने काम गर्थिन । सिंगार्ने क्रममा छिमेकीवाट पाएको प्रशंसाले यो व्यवसायमा आवद्ध हने प्रेरणा मिल्यो । वि.स. २०६१ सालमा काठमाण्डौमा छिरेर व्युटिपार्लर तालिम लिएकी उनले तालिम पश्चात पुनः रौतहट फर्किएर आफ्नो व्यवसाय सुरु गरिन् । उनले २०६४ सालमा पूर्वि नवलपरासीको गैँडाकोटमा आकृति स्विकृती व्युटि ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आईरहेकी छन् । उनी सिटिइभिटि लेवल २ उतिर्ण भइ ट्रेनर बनेर ब्युटीसीयन बन्न चाहनेहरुलाई तालिम समेत दिदै आएकि छिन् । गैँडाकोट नगरपालिका वडा नं. २ मा मुख्य राजमार्ग सँगै आकृति स्विकृती व्युटि ट्रेनिङ सेन्टर सञ्चालनमा छ ।

उत्कृष्ट मेकअप गर्छु भन्ने आत्मविश्वासका साथ लक्ष्मीले २०७३ साल साउनमा चितवनमा सम्पन्न दुलही मेकअप प्रतिस्पर्धामा सहभागी भै ताज पहिरिन सफल भएकी हुन् । त्यती मात्र होईन सफल व्युटीसियन लक्ष्मीले वि.स. २०७५ सालमा काठमाण्डौमा भएको दुलही श्रृगार प्रतिस्पर्धा कार्यक्रममा सर्वोत्कृष्ट भै राष्ट्रिय स्तरको अवार्ड जित्न सक्षम भईन । उनले युवती लाई मात्र नभई युवाहरूलाई पनि सौन्दर्य तालिम दिने उदेश्यले काठमाण्डौको शंखमुल स्थित सौन्दर्य जेन्स एण्ड लेडिज व्युटि एकेडेमी नामक ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी छन् । शंखमुल सहित काठमान्डौमा मात्रै तीनवटा शाखा सञ्चालनमा रहेको उनले जानकारी दिईन । हालसम्म पाँचहजार भन्दा बढीलाई व्युटिसियन तालिम प्रदान गरिसेकेको बताउने लक्ष्मीले पेशाप्रति सन्तुष्ट रहेको बताईन ।

तपाईको प्रतिक्रिया