×

कावासोती । नेपाल कम्युनिस्ट पार्टी  विघटन भएर एमाले र माओवादी केन्द्र अलग भएसँगै नवलपुरको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । कावासोती नगरपालिका –८, फिल्महलचोकमा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखीएको हो ।

साविकको नेकपा एमालेको पार्टी कार्यालय रहेको स्थानमा नेकपा एमालेको बोर्ड राखिएको हो । नेकपा एमाले केन्द्रीय सदस्य ,पार्टी जिल्ला ईन्चार्ज एवं सांसद तिलक महत , पूर्व सभासद जिवन श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा पार्टी कार्यालयमा नेकपा एमालेका बोर्ड राखिएको हो ।

नेकपा एमालेको बोर्ड राख्दै पार्टी केन्द्रिय सदस्य तिलक महतले अब पार्टीलाई थप व्यवस्थित बनाउदै लैजानुपर्ने बताउनुभयो । हिजो देखीएको मतभेदलाई भुलेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने नेता महतले बताउनुभयो । पार्टी निर्माणमा बिभिन्न पक्षको भूमिका रहेको भन्दै एकतालाई सुदृढ बनाउदै जानुपर्ने समेत नेता महतले बताउनुभयो । सूर्य चुनाव चिन्हमुनी रहेर कम्युनिष्ट एकताको आन्दोलन समेत अगाडी बढ्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया