जबरजस्ती बन्द गराउन खोजे पक्राउ गरि कारबाही गर्छौ : नवलपुर प्रहरी
नवलपुर । नेकपा प्रचण्ड- माधव समूहले भोलीका लागि आमहड्तालको आह्वान गरेपछि नवलपुर प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । जिल्लामा अप्रीय घटना हुुन नदिनका लागि आफुहरु तयार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले जर्वजस्ती पसल, उद्योग कलकारखाना, यातायात बन्द गराउन खोजे उनिहरुलाई पक्राउ गरि आवश्यक कारबाही गरिने बताए ।
उज्यालो खबर सँग कुरा गर्दै उनले नेपाल प्रहरी शान्ति र अमनचयन कायम राख्न सदैव क्रियाशिल...


