Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

सुस्मा न्यौपाने
गैँडाकोट । नेकपा एमाले ब्युँतिएको खुसीयालीमा पुर्वि नवलपरासीको गैडाकोटमा कार्यकर्ताले दिप प्रज्वलन गर्दै सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । राष्ट्रिय युवासंघ गैडाकोट नगर कमिटिको आयोजनामा नगरको भृकुटीचोकमा आज साँझ दिप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा नेकपा ओली समूहका जिल्ला स्तरीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । राष्ट्रिय युवासंघका नगर अध्यक्ष विनोद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरे प्रमुख अतिथि रहेका थिए ।
दिप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका नेता नवराज कंडेल, ज्ञानहरी कडेल , गोपाल गौतम, गिरीराज उपाध्याय, राष्ट्रिय युवासंघका नवलपुर संयोजक कृष्ण कंडेल, अनेरास्ववियूका केन्द्रीय सदस्य कमल प्रसाद तिवारी लगाएतको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै एमालेका नेताहरुले सर्वोच्चले गरेको फैसलाले आगामी दिनमा पार्टि एक भएर अगाडि बढ्ने भन्दै बाटो विराएर गएकाहरु सवैजना मुल घरमै फर्कनु पर्नेमा जोड दिए । कार्यक्रममा एमालेका चुनावी गित लगाएर नेता तथा कार्यकर्ताहरु नाचगान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया