×

चितवन । चितवनमै पहिलो पटक १५ परिकारका तास उपलब्ध गराउने उदेश्यका साथ नारायणगढमा प्रेसिडेण्ट तास बजारको आज उद्घाटन गरिएको छ ।
तास घरको आज एक समरोहका विच चेपाङ विद्यार्थीहरुले उद्घाटन गरेका हुन । गामवेशी चेपाङ संरक्षण केन्द्रमा रहेका कक्षा ८ का हेम कुमार चेपाङ र कक्षा १० की सिम्रन चेपाङले रिबन काटेर तास बजारको उद्घाटन गरेको प्रेसिडेण्ट ग्रुप अफ होटलका प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए ।
पाठ्यपुस्तकमा लेखिएका कुराहरु व्यवहारिक रुपमा हेर्न र सिकाउनको लागि तास घरको उद्घाटन चेपाङ विद्यार्थीहरुबाट गराइएको हो । सो अवसरमा खुशी व्यक्त गर्दै उनीहरुले पाठ्यपुस्तकमा लेखिएका कुराहरु व्यवहारिक रुपमा हेर्न र सिक्न पाएको भन्दै अवसरका लागि धन्यवाद दिएका थिए ।
विगत १५ वर्षदेखि होटल क्षेत्रमा लगानी गर्दै आएको र चितवनमा तास आकर्षक खानाको परिकार रहेकाले थप गुणस्तरीय सेवा सहित स्वच्छ बातावरणमा सेवा उपलब्ध गराउने भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया