Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गोविन्द घिमिरे
गैँडाकोट । पूर्वि नवलपरासीमा ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप आजदेखि लगाइदै छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले ६५ वर्ष उमेर पुगेका झण्डै २० हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको ‘कोभिडशिल्ड’ खोप आजदेखि लगाउने जनाएको छ ।जिल्लाका २२५ वटा केन्द्रमार्फत ज्येष्ठ नागरिकलाई आजदेखि (फागुन २३) खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव चापागाँईले जानकारी दिए ।

खोप लगाउनका लागि नवलपुरमा ८७ जना कर्मचारी र ६१८ स्वयंसेवक खटिने स्वास्थ्य कार्यालयले जनाएको छ । चापागाँई अनुसार जिल्लामा प्रत्येक स्वास्थ्यकर्मी र स्वयंसेवक सबैलाई तालिम प्रदान गरिएको छ ।ज्येष्ठ नागरिकको सुविधालाई ध्यानमा राखि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था मार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिर बहादुर श्रेष्ठले जानकारी दिए । खोप लगाउन जाँदा आफ्नो परिचय पत्रको साथमा लैजानु पर्ने छ।खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि छुट्टै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।

रगत जम्ने समस्या भएका मानिस र गर्भवती महिलाहरुले कोरोना विरुद्धको खोप लगाउन नहुने उनले जानकारी दिए। क्यान्सर, मुटु, मिर्गौला, प्रेसर, थाइराईडका विरामीलाई कुनै असर नगर्ने श्रेष्ठको भनाई छ ।गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, ध्यविन्दु नगरपालिका,हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोप लगाउनका लागि भ्याक्सीन पठाईसकिएको छ ।दोस्रो प्राथमिकतामा परेका ६५ वर्ष पुगेका व्यक्तिलाई लगाएपछि दोस्रो चरणमा ५५ बर्ष माथिका व्यक्तिलाई खोप उपलब्धताको आधारमा लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया