Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । सिराहाकी एक बिपन्न आर्थिक अबस्थाकी महिलाको उपचारमा चौधरी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।
मुखको प्रारम्भिक क्यान्सरको लक्षण देखिएर आर्थिक अभावले उपचार हुन नसकेकी सिराह कोर्जनहा नगरपालिका वडा नम्बर ९ की ३० वर्षिया गौरी देवी पासवानलाई बुधवार फाउण्डेशनले ५० हजार नगर सहयोग गरेको हो ।

पासवानको चितवन भरतपुर स्थित मनकामना अस्पतालमा शल्यकृया हुने भएको छ । यस अघि उनको क्यान्सर अस्पतालमा उपचार भएको हो । आर्थिक अभावका कारण उपचार हुन नसकेर घर फर्किन लागेको जानकारी पाएपछि नगद सहयोग गरिएको फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धितालले जानकारी दिए । अस्पतालले उनको शल्यकृया समेतकालागि ४० हजार रकम आबस्यक पर्ने जानकारी दिएको हो । फाउण्डेशनले ५० हजार नगद अस्पतालमा जम्मा गरिदिएको धितालले जानकारी दिए ।

सम्पत्तिको नामा २ धुर जग्गा मात्र रहेकी गैरीदेबी ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै अँएकी छन । उनका २ छोरा छन । उनका श्रीमान भारतमा मजदुरी गर्दछन ।उपचार गर्ने पैसा नभएका कारण घर फर्किन बाध्य भएको भन्ने जानकारी पाएपछि फाउण्डेशनले सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया