सार्वजनिक गाडीमा मास्क अनिवार्य, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
काठमाण्डौ – कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडा...


