प्यूठानमा जीप दुर्घटनामा पाँच कर्मचारीको मृत्यु
गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य प...


