दाउन्नेमा भएकाे बस दुर्घटनामा तीन जनाकाे मृत्यु
कावासोती । पुर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा घाइते भएका ३१ जना मध्ये ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ईलाम घर भएकी अन्दाजी २५ वर्षकी धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका ५ घर भई हाल विनयीत्रिवेणी गाउँपालिका -२ दाउन्ने स्थित गुम्बामा बस्ने अन्दाजी ५७ वर्षकी ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर महानगरपालिका -२५ बस्ने बर्ष ७२ को हिमलाल न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।
गिरीका अनुसार दुर्घटना परी घाइते...


