×

नवलपुर विशेष

नारायणगढ–बुटवल सडक बिस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

नारायणगढ–बुटवल सडक बिस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम
नवलपुर । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ । सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाल...

मौलाकाली वनमा हरीप्रसादको नेतृत्व ! (को कुन पदमा हेर्नुस)

मौलाकाली वनमा हरीप्रसादको नेतृत्व ! (को कुन पदमा हेर्नुस)
गोविन्द घिमिरे गैँडाकोट । मौलाकाली सामूदायिक वन उपभोक्ता समूूहको अध्यक्षमा हरीप्रसाद सापकोटा चयन हुनुभएकाे छ। सातौँ अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले सापकोटाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जनाएको छ । निर्वाचन समितिका संयोजक लालमणी पौडेलले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको जानकारी दिनुभयो । समूूहको उपाध्यक्षमा भगवान घिमिरे, सचिवमा देवकी मिश्र, कोषाध्यक्षमा कमलप्रसाद कंडेल, सहसचिवमा मिनाकुमारी खत्री र कोषाध्...

भरतपुरको आँपटारीमा ट्रकको ठक्करवाट एक जनाको मृत्यु

भरतपुरको आँपटारीमा ट्रकको ठक्करवाट एक जनाको मृत्यु
भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थित पानीटंकी ओरालोमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित दिसशाबाट आईरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई आज दिउँसो २ः५५ बजेको समयमा ठक्कर दिंदा दुर्घटना भएको हो । मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार देवघाट गाउँपालिका वडा नं. १ तनहुँ बस्ने अन्दाजी ४० वर्षिया चिनिमाया पौडेल रहे...

देवचुुलीको कुजौली बाट ११ जुवाडे पक्राउ (नाम सहित )

देवचुुलीको कुजौली बाट ११ जुवाडे पक्राउ (नाम सहित )
सुस्मा न्यौपाने नवलपुर । पूर्वि नवलपरासीको देवचुलीबाट ४३ हजार ७ सय ८५ रुपैँया नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १७ कुजौली स्थित नवलपुर खाजा घरबाट ११ जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल सञ्चालक जितलाल थनेत समेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । दिउसो सवा २ वजे जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देवचुली न.पा. १७ कुजौली बस्ने वर्ष ३१ का खोज वहादुर...

कावासाेतीमा नमुना सदरमुकाम निर्माणकाे कामकाे सुरुवात ! ( फोटाे सहित )

कावासाेतीमा नमुना सदरमुकाम निर्माणकाे कामकाे सुरुवात ! ( फोटाे सहित )
तिर्थराज डुम्रे कावासाेती । नवलपरासी पूर्व नवलपुरमा नमुना सदरमुकाम निर्माणको काम शुरु भएको छ । शुक्रबारदेखि नमुना सदरमुकाम निर्माणको काम भौतिक रुपमा नै शुरु भएको हो ।एकीकृत नमुना सदरमुकाम भित्रको सडक निर्माणको काम शुरु गरिएको छ । सदरमुकाम भित्र करिब ६ किलोमिटर अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण हुनेछ । सडकमा नालि, फुटपाथ, पार्क र साइकल रुट निर्माण गरिनेछ । सदरमुकाम परिषर भित्र निर्माण गरिने सडक विभिन्न खण्डमा ४०, ३०, २५ र २० मिटर चौडा हुनेछन् ।एक वर्ष भित्र सडक नाला, ह...

कावासोती नगरको बजेट: कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

कावासोती नगरको बजेट: कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग
नवलपरासी। जिल्ला सदरमुकाम समेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानित आन्तरिक आम्दानीसहित जम्मा रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको बजेट सार्वजानिक गरे । मर्दनियाले बिहीबार नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा सङ्घी...

गैंडाकोटमा अस्थायी डाइभर्सन बनाएर राजमार्ग एकतर्फी खुलाइयो

गैंडाकोटमा अस्थायी डाइभर्सन बनाएर राजमार्ग एकतर्फी खुलाइयो
गैँडाकोट । गैंडाकोटमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी संचालनमा ल्याइएको छ । बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा ल्याइएको हो । २४ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

नवलपुरमा निषेधाज्ञा असार २७ सम्म थप : भाडाका सवारी साधनमा जोर बिजाेर लागु (सूचना सहित)

नवलपुरमा निषेधाज्ञा असार २७ सम्म थप : भाडाका सवारी साधनमा जोर बिजाेर लागु (सूचना सहित)
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले जिल्लामा जारी निषेधाज्ञा असार २७  गतेसम्मका लागि थप गरेको छ । नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो । निषेधाज्ञाको समय लम्बाइएको भएपनि यस पटक भाडाका सवारी साधनहरु जाेर विजोर प्रणाली अनुसार जिल्ला भित्र चलाउन पाईने भएकाे छ । कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा ...

चितवनकाे बाबा ग्यास उद्याेगमा बाढी पस्याे : सिलिण्डरहरु बगे (फोटो फिचर)

चितवनकाे बाबा ग्यास उद्याेगमा बाढी पस्याे : सिलिण्डरहरु बगे (फोटो फिचर)
खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा पसेको बाढीले सिलिण्डरहरु बगाएको छ । कयर खोलाले उद्योगमा रहेका ग्यासका सिलिण्डहरुलाई बगाएर लगेको छ । उद्योगका निर्देशक बिमल कालाखेतीले धेरै सिलिण्डरहरु बगाएको बताए । उद्योगमा १० देखि १५ हजारसम्म सिलिण्डर रहेको कालाखेतीको भनाइ छ । के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको उनले बताए ।