×

नवलपुर विशेष

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभ...

आज राष्ट्रिय धान दिवस, किसानहरु खेतमा धान राेप्दै

आज राष्ट्रिय धान दिवस, किसानहरु खेतमा धान राेप्दै
काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि।सं। २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भ...

गैँडाकोट नगरपालिकाद्धारा १३ हजार फलफुलका विरुवा वितरण

गैँडाकोट नगरपालिकाद्धारा १३ हजार फलफुलका विरुवा वितरण
सुस्मा न्यौपाने गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकाले यसवर्ष १३ हजार फलफुलका विरुवा वितरण गरेको छ । यसआर्थिक वर्षमा आँप, लिच्ची र कागतीका विरुवाहरु वितरण गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले जानकारी दिनुभयो । ९ हजार थान सुन कागती, २५ सय थान अम्रपाली  प्रजातिकाे आँप   र २५ सय थान  शाही प्रजातिकाे लिची नगरपालिकाले वितरण गरेको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार फलफुल वितरण गरिएको शर्माले बताउनु भयो । नगरपालिकामा दर्ता भएका विभिन्न कृषक ...

मुख्यमन्त्री नेपालीलाई मन्त्रिपरिषद्को कार्यविभाजन कठिन बन्दै

मुख्यमन्त्री नेपालीलाई मन्त्रिपरिषद्को कार्यविभाजन कठिन बन्दै
पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीलाई मन्त्रिपरिषद्को कार्यविभाजन कठिन बन्दै गएको छ।मन्त्रिपरिषद् कार्यविभाजनको प्रयासका लागि काठमाडौं पुगेर पोखरा फर्किएपछि पनि उनले मन्त्रीको कार्यविभाजन गर्न सकेका छैनन्। आइतबार अस्थायी रुपमा कार्यविभाजन गरिए पनि चार मन्त्रीमध्ये दुई जनालाई विना विभागीयमा यथावत राखिएको छ। मुख्यमन्त्री नेपालीको सिफारिमा मन्त्रिपरिषद्मा रहेका चार मन्त्री मध्ये दुई जनालाई भने देश प्रमुख सीताकुमारी पौडेलले मन्त्रालय तोकेकी छन्।प्रदेश प...

नवलपुरमा आजदेखि मालपोत कार्यालय खुल्ला : बार र पालिका अनुसार सेवा दिने

नवलपुरमा आजदेखि  मालपोत कार्यालय खुल्ला : बार र पालिका अनुसार सेवा दिने
कावासोती । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै बन्द भएको मालपोत कार्यालय स्वास्थ्य शुरक्षाको मापदण्ड अपनाउदै बार र पालिका अनुसार सेवा प्रदान गर्ने गरी रुपमा असार १३ गते  देखि खुल्ने भएको छ । मालपोत कार्यालय कावासोतीले तालिका सहितको सुचना निकालेर आईतबार देखी स्वास्थ्य शुरक्षा अपनाउदै  सेवा प्रदान गरीने जनाएको छ ।जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि मालपोत ...

नगर सभापति पदका लागि गैँडाकोट कांग्रेसमा चारजनाको चर्चा

नगर सभापति पदका लागि गैँडाकोट कांग्रेसमा चारजनाको चर्चा
गैँडाकोट । नेपाली कांग्रेसको चौधौं महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । गैँडाकोट नगरका विभिन्न नेताहरुले सभापति पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।नगर सभापतिमा हालसम्म चार जनाले उम्मेदवार हुने जनाएका छन् । अन्तिम समयसम्म यो संख्या घटबढ हुनसक्ने बताइएको छ । नेपाली कांग्रेस गैँडाकोटको सभापतिका लागि हालसम्म पार्टिका क्षेत्रीय प्रतिनिधि बद्री सापकोटा, खेमराज सापकोटा, खगराज सापकोटा र युवा नेता दाताराम घिमिरेले  उमेदवारी रहने बताएका छन...

बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक २ हजार भत्ता दिने

बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक २ हजार भत्ता दिने
गैँडाकोट । पूर्वि नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैटौं गाउँसभा मार्फत ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने नीति पारित गरिएको हो । कार्यविधि बनाएर गाउँपालिका भित्रका एकल पुरुषलाई मासिक २ हजार रुपैँया नगद दिईने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । गाउँपालिकाभरिमा एकल पुरुषको संख्या करिव ६० जनाको हाराहारीमा रहेको उहाँले बताउनु भयो । अन्य प्रकारका स...

नवलपुरमा निषेधाज्ञा असार १८ सम्म : व्यवसाय भने सञ्चालन गर्न पाईने (सूचना सहित)

नवलपुरमा निषेधाज्ञा असार १८ सम्म : व्यवसाय भने सञ्चालन गर्न पाईने (सूचना सहित)
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले जिल्लामा जारी निषेधाज्ञा असार २१ गतेसम्मका लागि थप गरेको छ । नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो । निषेधाज्ञाको समय लम्बाइएको भएपनि यस पटक थप गरिएको निषेधाज्ञामा भने सबै प्रकारका ब्यवसायहरु सञ्चालन गर्न पाईने भएको छ । कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा बन्द ग...

गैँडाकोट नगरपालिकाको बजेट ८० करोड ५९ लाख ५३ हजार !

गैँडाकोट नगरपालिकाको बजेट ८० करोड ५९ लाख ५३ हजार !
गैँडाकोट । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुभएको छ । योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत बजेटमा २६ करोड...