सर्वोच्चको फैसलाविरुद्ध नवलपुरमा युवा संघ र अनेरास्ववियूको प्रदर्शन
कावासोती । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । पूर्बि नवलपरासीको कावासोतीमा पनि एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । सोमबार कावासोतीको फिल्महल चोकमा युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरले आधा घण्टा विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ...


