गैँडाकोट । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) नवलपरासी(पूर्व)ले भर्ना अभियानका नाममा जिल्लाका शैक्षिक संस्थाहरुले शुल्क लिईरहेको भन्दै जिल्ला भर एकैसाथ ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा रहेका आठवटा स्थानीयतहका प्रमुखहरुलाई सम्बोधन गरि बुझाइएको ज्ञापनपत्रमा कोरोना भाईरसको महामारी अझै रोकथाम नभएको अवस्थामा विद्यार्थी तथा अभिभावको ढाड सेक्नेगरि लिइएको शुल्क फिर्ता लिन माग गरिएको छ ।
अनेरास्ववियूका जिल्ला संयोजक कृष्ण गैरे र सहसंयोजक सुरज सापकोटाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीय सरकार मातहत रहेका शिक्षा शाखाहरु मर्फत सम्वन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।
अनेरास्ववियूले विभिन्न विद्यार्थीको हकहितका लागि १० बुदे मागहरु पूूरा गर्न समेत आग्रह गर्दै संगठनले उठाएका मागहरु पूरा नभए कडा आन्दोलन सहित कारबाहीमा उर्तन बाध्य हुने समेत चेतावनी दिएको छ ।

हेर्नुहोस अनेरास्ववियूको ज्ञापनपत्र

तपाईको प्रतिक्रिया