काँग्रेस युवा नेता गोपाल प्रसाद सापकोटाको सभापतित्वमा प्यानल घोषणा
नवलपुर । मंसिर ३ गतेका लागि तय भएको नेपाली कांग्रेस नवलपरासी ( बर्दघाट सुस्तापुर्व) प्रदेश सभा क्षेत्र नं. १ (क) क्षेत्रीय कार्यसमितिका लागि युवा नेता गोपाल प्रसाद सापकोटाको नेतृत्वमा प्यानलको घोषणा गरिएको छ । केहिदिनअघि तारापती खरेलको नेतृत्वमा डा शंसाक कोईराला समुहले प्यानलको घोषणा गरेपछि त्यसको जवाफमा कांग्रेस नेता महेन्द्रध्वज जिशी समुहले पनि आफ्नो प्यानलको घोषणा गरेको हो ।
गैँडाकोटको गैँडाकोट रिर्सोटमा आयोजित प्यानल घोषणा कार्यक्रममा काँग्रेसका पाका नेता महेन्द्रभक्त ...


