×

नवलपुर । सर्वसाधरणको ढाड सेक्नेगरी देउवा सरकारल पेट्रोलियम पदार्थमा  मुल्यवृद्धि गरेको भन्दै नवलपुरमा अनेरास्ववियुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । जिल्लाको कावासोती स्थित फिल्महल चोकमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो ।

अनेरास्ववियुका जिल्ला संयोजक कृष्ण गैरेले जनताको ढाड सेक्नेगरि बृद्धि गरिएको  पेट्रोलियम पदार्थको मुल्य तत्काल फिर्ता लिन माग गरे । सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सदस्य केशव भुषाल, युवासंघका केन्द्रीय सदस्य श्याम थापा मगर, अखिलका जिल्ला सहसंयोजक सुरज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया