दिनानाथ त्रिपाठीकाे अध्यक्षतामा नारायणी सामुदायिक वनमा नयाँ नेतृत्व
गैँडाकाेट । नारायणी सामुदायिक वन उपभोक्त समूह गैँडाकोट ६,७ र ९ को अध्यक्षमा दिनानाथ त्रिपाठी चयन भएका छन् । चौथो नेतृत्व छनौट समितिका संयोजक खगराज सापकोटाले त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको जानकारी दिए ।
समितिको उपाध्यक्षमा वेद प्रसाद चालिसे, सचिवमा उमा कुमारी पाण्डे, कोषाध्यक्षमा नेत्रराज सापकोटा, सहसचिवमा लक्ष्मी प्रसाद चौधरी रहेका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा नाम कुमारी सापकोटा, मोतिलाल ढुगांना, दिल बहादुर श्रेष्ठ, सिता गिर...


