×

नवलपुर। नवलपुरको गैँडाकोटमा होटल माउण्टेन एण्ड लज सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिल्यान्यास चोक नजिकै मौलाकालिका मार्गमा होटल माउण्टेन एण्ड लज सञ्चालनमा आएको हो ।

युवा व्यवसायी मनीभद्र शर्माले ३० लाखको लगानीमा सो होटल सञ्चालनमा ल्याउनु भएको हो । निर्माणाधीन मौलाकालिका केवलकारलाई लक्षीत गरि होटल सञ्चालामा ल्याएको उहाँले बताउनु भयो ।होटल माउण्टेनमा जाने ग्राहकहरुलाई शान्त र पारिवारिक वाताबरणमा खाना तथा खाजा तथा आरामदायी वासको व्यवस्था गरिएको छ ।

झोल मम र मटन सेकुवा होटलमा स्पेशल मेनुको रुपमा चलाइएको छ । त्यसका अतिरिक्त लामो समय तालिम प्राप्त कुकले अर्डर अनुसारको परिकार उपलव्ध गराउने होटलले जनाएको छ ।होटल माउण्टेन एण्ड लजमा हाललाई चारवटा रुमहरु सञ्चालनमा ल्याइएको र यसलाई चाडैनै विस्तार गर्ने योजना रहेको व्यवस्थापन पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया