×

गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ६, ७ र ९ को नयाँ कार्यसमिति र लेखा समिति चयन प्रक्रियामा असहमति जनाउँदै उपभोक्ताहरुले संघर्ष समिति गठन गरेका छन् । कलाधर आचार्य संयोजक रहेको समितिको सदस्यमा धनपति सापकोटा, धनपति कंडेल, कुलप्रसाद सापकोटा, प्रकाश गिरी, रविलाल कंडेल र होमप्रसाद सापकोटा रहेका छन् । उनीहरुलाई समूहका १०६ जनाले हस्ताक्षर सहित सर्मथन दिएका छन् ।

यसअघि चौंथो नेतृत्व छनोट समितिको कार्यशैली र नयाँ समिति घोषणाप्रति असहमति जनाउँदै उनीहरुले वनको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।समूहमा हाल १०६० जना उपभोक्ता सदस्य रहेका छन् । जसमध्ये वडा नम्बर ९ का साढे ३ सय, वडा नम्बर ७ का साढे ६ सय र वडा नम्बर ६ का ५० जनाको हाराहारीमा समूहमा उपभोक्ता सदस्य रहेका छन् । बहुमत सदस्य रहेको वडा नम्बर ७ लाई उपेक्षा गरिएको संघर्ष समितिका संयोजक कलाधार आचार्यको भनाई छ ।

तपाईको प्रतिक्रिया