×

नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोट नारायणी किनारमा अवस्थित होटल छिमेकीले ग्राहकहरुको मन जित्दै गएको छ । नारायणीको माछा, हाँस र लोकल कुखुराको परिकारले नै होटल छिमेकीमा पुग्ने जो कोहिको पनि मन जितेको छ । गुणस्तरीय खानामा कहिलेपनि सम्झौता नगर्ने निति अनुुरुप होटलमा पुग्ने ग्राहकहरुलाई शुद्ध र सफा खानेकुरा उपलव्ध गराउँदै आइएको होटलका सञ्चालक युवा समाजसेवी सविन क्षेत्रीले जानकारी दिनुभयो ।

छिमेकीमा आउने सबै पाहुनाहरुलाई गुणस्तरीय खाना र पारिवारिक बातावरणमा सेवा दिने गरेकोले पटक पटक ग्राहकहरु आउने गरेको सञ्चालक क्षेत्रीले बताउनु भयो ।होटल छिमेकीले नारायणीको शुद्ध माछा उपलव्ध गराउनको लागि स्थानीय बोटेहरुसँग सम्झौता गरेको छ सोहि अनुरुप हरेक दिन होटलमा नारायणीको माछा आउने गरेको छ । त्यसैगरी लोकल कुखुरा होटल परिसरमै पालिएको छ । ठुलो क्षेत्रफलमा होटल फैलिएकोले होटल परिसरमै कुखुराहरु देख्न सकिन्छ । टिपिकल नेपाली खाना सहित ढिडाे समेत हाेटल छिमेकीकाे मेनू हाे ।

 

होटलमा आरामदायी वासको समेत व्यवस्था मिलाइएको छ । एसी र नन एसी गरी आठवटा कोठाहरु सञ्चालनमा ल्याइएको छ । सबै कोठाहरु वातावरण अनुकुलित छन् । होटलले स्थानीय ६ जनालाई रोजगारी समेत प्रदान गरेको छ । कुक वेयटर तथा क्लीनर गरी ६ जनालाई रोजगारी दिइएको छ ।

चारवर्ष अगाडि सानो लगानीमा सञ्चालन गरेको होटल छिमेकीको लगानी समेत विस्तार हुँदै झण्डै ६० लाख रुपैँयासम्म पुगेको छ ।
आगामी दिनमा होटललाई थप विस्तार गर्ने योजनामा आफु रहेको होटलका प्रवन्धक सविन क्षेत्रीले बताउनुभयाे । नवलपुरको मौलाकालिकामा केवलकार सञ्चालनको तयारी भएसँगै यसक्षेत्रमा पर्यटन व्यवसायमा लगानी बढ्दै गएको छ ।

 

तपाईको प्रतिक्रिया