×

गैँडाकोट । नयाँ नेतृत्व छनौट प्रकृया एकलौटी ढंगले गरिएको भन्दै गैँडाकोटको नारायणी सामुदायिक वनमा असन्तुष्ट समुहले तालावन्दी गरेका छन् ।
नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ६, ७ र ९ को कार्यालयमा आज दिउसो असन्तुष्ट पक्षले ताला लगाएको हो । तालबन्दी गरेको हो । सदस्य पदमा उम्मेदवारी दिएका कलाधर आचार्य र कूलप्रसाद सापकोटाको नेतृत्वमा ताला लगाइएको हो ।
सर्वसम्मतका नाममा एकलौटी ढंगले तानाशाह शैलीमा कार्यसमितिको सूची टाँसीएको आर्चायले बताए । कार्यसमितिका पदाधिकारीहरु सबै दोहोरिएपछि अधिकासं सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
चौंथो नेतृत्व छनोट समितिले अध्यक्ष पदमा दिनानाथ त्रिपाठी, उपाध्यक्षमा वेदप्रसाद चालिसे, सचिवमा उमाकुमारी पाण्डे, कोषाध्यक्षमा नेत्रराज सापकोटा, सह सचिवमा लक्ष्मीप्रसाद चौधरी चयन सर्वसम्मत चयन भएको भन्दै हिजो नामावली सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया