नवलपुरमा मंसिर १७ बाट दुई चरणमा मतदाता नामावली संकलन गरिने
कावासोती । नवलपुरमा मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ ।आठ वटा स्थानीय तह भएको जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालले बताए ।भुसालका अनुसार पहिलो चरणमा जिल्लाको बुलिङ्गटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा मंसिर १७ देखि पुस २ गते सम्म सम्बन्धित गाउँपालिकाको वडामा नै आयोगको टोलि गएर मतदाता नामावली संकलन गरिने छ ।
त्यसै गरि दोस्रो चरणमा जिल्लाको गैंडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा पुस ५ देखि १९ सम्म टोलि...


