महाधिवेशन आइसक्यो, देउवा र पौडेलले छान्न सकेनन् उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन संघारमा आइसक्दा पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार छान्न सकेका छैनन्।देउवा पक्षबाट सभापतिमा फेरि पनि शेरबहादुर नै अगाडि सरेका छन्। उनलाई उपसभापति विमलेन्द्र निधिबाहेक तत्काल कसैले पनि चुनौती दिएको छैन। निधि पनि सभापतिका आकांक्षी हुन्। सम्पर्क कार्यालय खोलेर उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन्।
देउवाले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलगायत पदमा को-को उम्मेदवार हुने भन्...


