गैँडाकोट । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट सिफारिस भई गैँडाकोट नगरपालिकामा कार्यरत आठजना कर्मचारीको सरुवा गरेको छ ।देशभरका एक हजार ६ सय १३ कर्मचारीको सरुवा सूचि अन्र्तगत गैँडाकोट नगरपालिकामा कार्यरत आठजना कर्मचारीको नामावली मन्त्रालयको सूचिमा छ ।

सरुवाको सूचिमा परेका गैँडाकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले आफुलाई पायक पर्ने निकायमा जान पाँउ भनि निवेदन दिएका थिए ।गैँडाकोट नगरपालिकाबाट सरुवा हुनेहरुमा घमण्ड गिरी,लक्ष्मण राना मगर,सुमन खरेल,बिमला बुढा,मनिषा चन्द,हरि रेग्मी,राहुल शाह र नरेन्द्र खड्का रहेका छन् ।

मन्त्रालयले मंगलबार ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो। लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार कर्मचारीको सरुवा गरिएको मन्त्रालयको भनाई छ ।मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ ।

सरुवा भएका कर्मचारीहरुकाे सूची हेर्न तलकाे लिंङ्क क्लीक गर्नुहाेला !

MOFAGA_Notice_20211207021821

तपाईको प्रतिक्रिया