×

भूमिलाल पौडेल 

गैंडाकोट । गैंडाकोट वडा नं. ५ मा निवनिर्मित गैंडाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन भएको छ । स्वास्थ्य चौकीको प्राङ्गडमा आयोजित एक समारोहका वीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले मंगलबार विहान रिवन काटेर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अफ्ना भनाईहरू राख्दै संघीय संरचनामा गैसके पछि सरकार जनताको घरदैलोमा भएको अनुभव गराउन सवै जनप्रतिनिधिहरुको अथक मेहनतका कारण र स्थानिय पूर्वजहरूको योगदानका कारण यो स्वास्थ्य चौकी समय अगावै तयार भएको धारण व्यक्त गर्दै शर्पले टोकेका र चोटपटक लाग्दा भरतपुर जान नपर्ने गरी २-३ महिना भित्रै सर्पदंशसहितको सेवा पुरा गर्ने योजना भएको बताउनु भयो । यसै गरि नगरप्रमुख पौडेलले आगामी २ महिना भित्र एम्बुलेस सहित वर्थिक सेन्टर स्थापना गर्ने योजना रहेको पनि सुनाउनुभयो ।

स्वास्थ्यचौकी ब्यवस्थापनका अध्यक्ष एवं वडां ५ का अध्यक्ष नवराज कडेलले आफैले सिलान्यास गरेको स्वस्थ्यचौकीको आफैले उद्घाटन गर्न पाउँदा अत्यान्तै खुसी लागेको चर्चा गर्दै समय अगावै योजना सम्पन्न गर्ने सवैप्रति आभार व्यक्त गर्नुभयो । ‘कोरोना कालको भयवित अवस्थामामा चितवनका अस्पतालहरूले वाहिरी जिल्लाका बिरामीहरुलाई नलिने भन्दा हामी झस्किएका थियौ’ अध्यक्ष कँडेलले भन्नुभयो: ‘तर अब त हामीले यहाँ अस्पताल बनाएका छौं, जहाँ २०/ २५ जनाको एकै पटक उपचार गर्न सम्भव भएको छ । यो अस्पताल बन्नुमा म एक्लैको प्रयास भन्दापनि सामुहिक प्रयासले बनेको भन्दै यसैगरी सबै क्षेत्रहरुबाट निरन्तर सहयोग भएमा आउँदा दिनहरुमा यो स्वास्थयचौकीलाई अझ राम्रो बनाउन सकिने अध्यक्ष कँडेलको भनाई थियो ।

उद्घाटन समारोहमा नगर उपप्रमुख बिष्णु कुमारी कँडेल सापकोटाले भवन छोटो समयमा र राम्रोसँग तयार भएकोमा ठेकेदार कम्पनीलाई धन्यवाद दिँदै दुरदर्शी व्यक्तित्व स्व। सुर्यभक्त अधिकारीले गैंडाकोट नगरपालीमामा संरचना बनाउने मिल्ने गरि जग्गाको व्यवस्था गरिदिनु भएकोले यहाँ अहिले यो स्वास्थ्य चौकी सम्भव भएको बताउनु भयो । उपप्रमुख कँडेलले गैंडाकोटका मानिसहरुले पुल तरेर वाग्मती प्रदेश जानुपर्ने अवस्था भएको बताउँदै आगामी दिनहरूमा नगरपालिकाको पहलमा राम्रा डाक्टरहाको व्यवस्था गरि उपचारकै लागि पुल तरेर पारी जानुपर्ने दिनहरुको अन्त्य गरिने आशासन दिनुभयो । यसैगरि गैंडाकोट स्वास्थ्य चौकीका स्वास्थकर्मी र कर्मचारीहरुले अत्यान्तै राम्रो सेवा प्रवाह गरेकोमा आफुहरु दुक्क भएको उपप्रमुख कडेलको भनाई थियो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जिल्लामा १ लाख ८० हजारलाई खोप लगाइसकिएको जानकारी दिँदै गैंडाकोट नगरपालिकाले स्वास्थ सेवाको जुनसुकै काम पनि चुस्त र दुरुस्त गरेकोमा नगरपालिकाप्रति आभारप्रकट गर्नुभयो । प्रमुख चापागाईले नगरपालीका र नगर प्रमुख लगायतका पदाधिकारीहरुको लगातारको सक्रियताका कारण सम्भव भएको बताउँदै स्वास्थ्य क्षेत्रमा गैंडाकोट नगरपालिका प्रथम स्थानमा रहेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य अतिथीहरुमा रेडियो संकेतका स्टेशन मेनेजर सुजन अधिकारी,
५ नं. वडाका पूर्व वडा अध्यक्ष ज्ञानेन्द्रप्रसाद सापकोटा, वडा नं. २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, पूर्व गाविस सचिव पदम प्रसाद घिमिरे र नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदनभक्त अधिकारी लगायत रहनुभएको थियो ।

२ करोड ५० लाख बढी लगानिमा निर्मित गैंडाकोट स्वास्थ्यचौकीमा ७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कार्यरत छन् । भवन निर्माणको ठेक्का नागार्जुन जेजेजेबी कन्स्ट्रक्शनले लिएको थियो । कन्स्ट्रक्शनले निर्माण सम्पन्न गर्ने समय भन्दा ८ महिना अगाडी नै स्वास्थ्य चौकी ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा सामुदायिक सेवामा समयसम्म सेवा गरेका र समय अगावै भवन निमाण गरेर स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकोमा निर्माण कम्पनी र इन्जिनियर लगायतलाई प्रसंसापत्र सहित सम्मान गरिएको थियो ।

गैंडाकोट स्वास्थ्य चौकी ब्यवस्थापन समितिका सदस्य चुडामणी शर्मा कँडेलको स्वागत मन्तब्य रहेको समारोहको संचालन स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बिष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो । समारोह स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं। ५ का वडाअध्यक्ष नवराज कडेलको अध्यक्षतामा भएको थियो ।

 

तपाईको प्रतिक्रिया