×

नवलपुर विशेष

प्रदुषण फैलाएको भन्दै स्थानीय आन्दोलित, चौधरी उद्योगको मुल गेटमा तालाबन्दी

प्रदुषण फैलाएको भन्दै स्थानीय आन्दोलित, चौधरी उद्योगको मुल गेटमा तालाबन्दी
नवलपुर । नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी कारखानाले अत्यधिक प्रदुषण गरेर आसापासमा बस्नै नसकिएको भन्दै स्थानियले कारखानाको मुल गेटमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका छन ।देबचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधब केसीले कारखानाको प्रदुषणले वरपर बस्नै नसकिने भएकाले मंगलवार बिहान तालाबन्दी गरेर बिरोधमा उत्रिएको जानकारी दिए । हजारौ पल्ट कारखाना ब्यबस्थापनलाई अनुरोध गरेको गरयै छौ कहिल्यै सुनुवाई भएन केसीले भने कारखाना संचालन गर्दा चौधरी उद्यो...

नारायणीको माछा र लोकल कुखुराका लागि गैँडाकोटको होटल “छिमेकी”

नारायणीको माछा र लोकल कुखुराका लागि गैँडाकोटको होटल “छिमेकी”
नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोट नारायणी किनारमा अवस्थित होटल छिमेकीले ग्राहकहरुको मन जित्दै गएको छ । नारायणीको माछा, हाँस र लोकल कुखुराको परिकारले नै होटल छिमेकीमा पुग्ने जो कोहिको पनि मन जितेको छ । गुणस्तरीय खानामा कहिलेपनि सम्झौता नगर्ने निति अनुुरुप होटलमा पुग्ने ग्राहकहरुलाई शुद्ध र सफा खानेकुरा उपलव्ध गराउँदै आइएको होटलका सञ्चालक युवा समाजसेवी सविन क्षेत्रीले जानकारी दिनुभयो । छिमेकीमा आउने सबै पाहुनाहरुलाई गुणस्तरीय खाना र पारिवारिक बातावरणमा सेवा दिने गरेकोले प...

नारायणी सामुदायिक वनमा लफडा, असन्तुष्टहरुले गरे कार्यालयमा तालावन्दी

नारायणी सामुदायिक वनमा लफडा, असन्तुष्टहरुले गरे कार्यालयमा तालावन्दी
गैँडाकोट । नयाँ नेतृत्व छनौट प्रकृया एकलौटी ढंगले गरिएको भन्दै गैँडाकोटको नारायणी सामुदायिक वनमा असन्तुष्ट समुहले तालावन्दी गरेका छन् । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ६, ७ र ९ को कार्यालयमा आज दिउसो असन्तुष्ट पक्षले ताला लगाएको हो । तालबन्दी गरेको हो । सदस्य पदमा उम्मेदवारी दिएका कलाधर आचार्य र कूलप्रसाद सापकोटाको नेतृत्वमा ताला लगाइएको हो । सर्वसम्मतका नाममा एकलौटी ढंगले तानाशाह शैलीमा कार्यसमितिको सूची टाँसीएको आर्चायले बताए । कार्यसमितिका पदाधिकारीहरु सबै दो...

दिनानाथ त्रिपाठीकाे अध्यक्षतामा नारायणी सामुदायिक वनमा नयाँ नेतृत्व

दिनानाथ त्रिपाठीकाे अध्यक्षतामा नारायणी सामुदायिक वनमा नयाँ नेतृत्व
गैँडाकाेट । नारायणी सामुदायिक वन उपभोक्त समूह गैँडाकोट ६,७ र ९ को अध्यक्षमा दिनानाथ त्रिपाठी चयन भएका छन् । चौथो नेतृत्व छनौट समितिका संयोजक खगराज सापकोटाले त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको जानकारी दिए । समितिको उपाध्यक्षमा वेद प्रसाद चालिसे, सचिवमा उमा कुमारी पाण्डे, कोषाध्यक्षमा नेत्रराज सापकोटा, सहसचिवमा लक्ष्मी प्रसाद चौधरी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा नाम कुमारी सापकोटा, मोतिलाल ढुगांना, दिल बहादुर श्रेष्ठ, सिता गिर...

गैडाकोट ५ का प्रकाश कुमाल भृकुटी कागज कारखानाभित्र मृत भेटिए

गैडाकोट ५ का प्रकाश कुमाल भृकुटी कागज कारखानाभित्र मृत भेटिए
गैंडाकोट २ मा बन्द अबस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर लिमिटेडमा आज एकजना पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय गैंडाकोटले जानाकारी दिएको छ । गैंडाकोट वडा नम्बर ५ बस्ने अन्जादी २४/२५ वर्षका प्रकाश कुमालको शव फेला परेको हो । स्थानीयका अनुसार कुमाल कार्तिक १५ गते राती ११ बजे साथी सङ्ग घर बाट निस्केका थिए । कुन प्रायोजनले उनी बन्द कारखानामा गएको भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । बन्दरहेको कारखाना भित्र यसरी शब भेटिनुले स्थानीयमा त्रास छाएको छ ।...

गैँडाकोटको मौलाकालिका मार्गमा खुल्यो : होटल माउण्टेन एण्ड लज

गैँडाकोटको मौलाकालिका मार्गमा खुल्यो : होटल माउण्टेन एण्ड लज
नवलपुर। नवलपुरको गैँडाकोटमा होटल माउण्टेन एण्ड लज सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिल्यान्यास चोक नजिकै मौलाकालिका मार्गमा होटल माउण्टेन एण्ड लज सञ्चालनमा आएको हो । युवा व्यवसायी मनीभद्र शर्माले ३० लाखको लगानीमा सो होटल सञ्चालनमा ल्याउनु भएको हो । निर्माणाधीन मौलाकालिका केवलकारलाई लक्षीत गरि होटल सञ्चालामा ल्याएको उहाँले बताउनु भयो ।होटल माउण्टेनमा जाने ग्राहकहरुलाई शान्त र पारिवारिक वाताबरणमा खाना तथा खाजा तथा आरामदायी वासको व्यवस्था गरिएको छ । झोल मम र...

राप्रपाका नेता बिक्रम पाण्डे एमालेमा प्रवेश गर्ने

राप्रपाका नेता बिक्रम पाण्डे एमालेमा  प्रवेश गर्ने
विकासप्रेमी नेताका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेले पारिने परिवर्तन गर्दै नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । अघिल्लो चुनावमा चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका हुन् । शुक्रबार राति प्राइम टिभीबाट प्रसारण भएको ...

वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन

वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन
नवलपुर  । योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसीएल), नवलपुर संयोजकमा गैडाकोट ४ निवासी प्रबिण राज पौडेल चयन भएका छन् ।वाईसीएल को केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार उनी जिल्ला संयोजकमा चयन भएका हुन । उनी संगठनको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् ।२०६०/६१ साल देखि बिद्यार्थी राजनीतिमा सक्रिय भई अखिल (क्रान्तिकारी), लक्ष्मी उच्च मा. बी. अमरापुरी को ईकाई अध्यक्ष, क्षेत्रीय अध्यक्ष ,जिल्ला सदस्य , जिल्ला सचिवालय सदस्य को कार्यकाल सफलतापुर्वक सम्पन्न गरि ब...

यी हुन् एमाले गैँडाकोट हाँक्ने ५ हस्तीहरु !

यी हुन् एमाले गैँडाकोट हाँक्ने ५ हस्तीहरु !
गैँडाकाेट । नेकपा एमाले गैँडाकोटले नयाँ नेतृत्व पाएको छ । प्रथम नगर अधिवेशन अन्र्तगत आज भएको निर्वाचन प्रकृयाबाट एमाले गैँडाकोटले नयाँ नेतृत्व पाएको हो । नगर उपाध्यक्ष, सचिव र ७० जना सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्ष र उपसचिव पदमा कुरा नमिलेपछि भोट हालेर प्रतिनिहरुले नेता चुनेका हुन । अध्यक्षमा पहिलेकै अध्यक्ष षडानन्द लामिछाने दोहोरिएका छन् । उनले आफ्ना प्रतिष्पर्धी नेता गिरीराज उपाध्यायलाई ४१ मतले पछि पारे । लामिछानेले २२९ मत ल्याउँदा उपाध्यायले १८८ मा मन बुझाए । २ उपसच...