×

नवलपुर विशेष

एमाले गैडाकोटकाे अध्यक्षमा षडानन्द लामिछाने विजयी , उपसचिवमा श्रीराम र कोकिसरा

एमाले गैडाकोटकाे अध्यक्षमा षडानन्द लामिछाने विजयी , उपसचिवमा श्रीराम र कोकिसरा
गैडाकाेट ।  नेकपा एमाले गैँडाकोट नगर कमिटीको अध्यक्षमा षडानन्द लामिछाने बिजयी भएका छन् । प्रतिष्पर्धी गिरीराज उपाध्यायलाई ४१ मतले पछि पार्दै लामिछाने बिजयी भएका हुन्। लामिछानेले २२९ मत प्राप्त गर्दा उपाध्यायले १८८ मत प्राप्त गरे ।नगर उपसचिवमा श्रीराम सुवेदी र कोकिसरा राना मगर विजयी भए। सुवेदीले २३१ मत प्राप्त गर्दै विजयी  भए भने  रानामगरले १७६ मत प्राप्त गरि विजयी भईन् । उपसचिव पदमा खेमनारायण लम्सालले १३२, विमल शर्माले १२० र नरबहादुर थापाले १२१ मतमा चित्त बुझाए । गैँडाकोट ...

एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि भोलि विहान ८ वजेदेखि भोटिङ

एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि भोलि विहान ८ वजेदेखि भोटिङ
गैँडाकोट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन  गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो । गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८ वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यायलले जानकारी दिनुभयो ।अहिले उमेदवारहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

मध्यरातमा जुवाको खालमा प्रहरीको छापा, मोटो रकम सहित गैँडाकोटबाट ११ जुवाडे पक्राउ

मध्यरातमा जुवाको खालमा प्रहरीको छापा, मोटो रकम सहित गैँडाकोटबाट ११ जुवाडे पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट मोटो रकम सहित प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा न. १० भैसाखोरीमा रहेको सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा जुवा खेल्दै गरेका ५ जना र वडा नं. १४ स्थित नारायण घर्तीको घरमा जुवा खेल्दै गरेको अवस्थमा ५ जना गरि १० जुवाडे पक्राउ परेका हुन् । प्रहरीको विशेष टोलिले उनिहरुलाई गएराति नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा जुवा खेल्...

गैँडाकोटमा १८ वर्ष माथिका सबैलाई खोप लगाइने (मिति समय र स्थान सहित)

गैँडाकोटमा १८ वर्ष माथिका सबैलाई खोप लगाइने (मिति समय र स्थान सहित)
गैँडाकोट । गैँडाकोट नगरपालिकाले १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।यहि कार्तिक १६र १७ गते खोप लगाउन बाँकि रहेकाहरुलाई खोपकाे पहिलाे मात्रा  लगाईने भएको हो । नगरका सबै वडाहरुमा खोप लगाउने कार्यक्रम तय भएको छ । नगरप्रमुख छत्रराज पौडेलले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुले १६र १७ गते तोकिएको स्थानमा गई खोप लगाउन सक्ने बताउनुभयो ।

प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन

प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन
कावासोती । प्रेस सेन्टर नेपाल नवलपुर जिल्ला समितिको दोस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । कावासोतीमा आज भएको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सुनिता भट्टराई, सचिवमा अर्जुन कंडेल, कोषाध्यक्षमा रञ्जु पाण्डे, सह–सचिवमा सदिक्षा पाण्डे र देवी सापकोटा, सदस्यहरुमा बसन्त भुजेल, किस्मत पौडेल, अमृत लम्साल लगायत रहुनभएको छ । त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिम...

संस्कृति बिकास मार्ग निर्माण समिती द्धारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

संस्कृति बिकास मार्ग निर्माण समिती द्धारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम
गैंडाकोट । गैंडाकोट नगरपालिका वडानम्बर २ मा रहेको संस्कृति बिकास मार्ग निर्माण समितीले आज आफ्नै टोलमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुर्वराम पौडेलले संकृति मार्ग विगतदेखिनै क्रियाशील र जुझारु रहेको भन्दै वडाका हरेक काम गर्न सहज भएको बताउनु भयो । वडामा रहेका सबै टोलबिकास र मार्ग मध्ये यो संकृतीमार्ग अब्बल रहेकोले आगामी दिनमा समेत वडाले सम्मान एवं कदर गरिरहने र टोलविकास संस्थ...

एमाले गैँडाकोटको नेतृत्व टुंगाउने जिम्मा जिल्ला अध्यक्ष र इन्चार्जलाई

एमाले गैँडाकोटको नेतृत्व टुंगाउने जिम्मा जिल्ला अध्यक्ष र इन्चार्जलाई
नवलपुर ।नेकपा एमाले गैँडाकोट नगरकमिटीको प्रथम अधिवेशन मार्फत नयाँ नेतृत्वको टुंगो लगाउने जिम्मा अन्ततः जिल्ला ईन्चार्ज र पार्टि अध्यक्षलाई दिईने भएको छ । ७० जना नगर सदस्यहरु सर्वसम्मत रुपमा छनौट गर्ने देखिएपनि पाँच पदाधिकारीको अन्तिम टुंगो लगाउन एमाले नेताहरुलाई सकस परेको छ । १८ वटा वडाहरुबाट हालसम्म ६४ जना नगर सदस्यहरुको नामावली सर्वसम्मत रुपमा  चयन गरि निर्वाचन कमिटीलाई दिइएको छ । वडा नं. १० र १३ मा बाहेक अरु सवै वडाहरुमा सदस्यहरुको सवालमा विवाद छैन । १० र १३ वडामा पनि आ...

एमाले गैँडाकोट १ बाट नगर सदस्यमा तीनजनाकाे नामावली सर्वसम्मत !

एमाले गैँडाकोट १ बाट नगर सदस्यमा तीनजनाकाे नामावली  सर्वसम्मत !
गैँडाकोट । नेकपा एमाले गैँडाकोट वडा नं. १ बाट नगरसदस्यमा तीनजनाको नामवाली सर्वसम्मत रुपमा चयन गरिएको छ ।वडाको तर्फबाट नगरमा प्रतिनिधित्व गर्न चाहनेहरुको संख्या आवश्यक भन्दा धेरै देखिएपछि आज बसेको वडाको नेतृत्व छनौटको बैठकले तीनजनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको वडा कमिटीका अध्यक्ष भरत अधिकारीले जानकारी दिनुभयो । सरस्वती सिग्देल, भगवान लम्साल र शषिचन्द्र सिग्देललाई नगरकमिटीको सदस्यमा पठाउने निर्णय भएको उहाँले बताउनु भयो । निर्वाचन मण्डललाई नामावली पठाइएकाे बताउदै अधिका...

एमाले गैँडाकोटको निर्वाचन प्रकृया आज दिउसोदेखि : हेर्नुहोस नालीबेली

एमाले गैँडाकोटको निर्वाचन प्रकृया आज दिउसोदेखि : हेर्नुहोस नालीबेली
गैँडाकोट । नयाँ नेतृत्व चयनका लागि विहिवारदेखि सुरु भएको नेकपा एमाले गैँडाकोट नगर कमिटी प्रथम अधिवेशनको निर्वाचन प्रकृया शनिवार दिउसोदेखि सुरु हुने भएको छ ।शनिवार दिउसो १ वजेदेखि निर्वाचन प्रकृया सुरु हुने निर्वाचन मण्डलका संयोजक रामु अर्यालले उज्यालो खबरलाई जानकारी दिए । उमेदवारी दर्ता, उमेदवारहरुको नामावली प्रकाशन, दावी विरोध लगायतका निर्वाचनको क्रममा गरिने सबै कामहरु भोलि दिउसो १ वजेपछि प्रारम्भ गरिने अर्यालले बताए । सहमतिको प्रयासका लागि भन्दै भोलि दिउसो १ वजेसम्मका सम...