मौलाकालिका फेदीमा खुल्यो होटल ड्रिम्स
गैँडाकोट । नवलपुरको गैंडाकोटमा होटल ड्रिम्स प्रालि संचालनमा आएको छ । प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरको फेदी गैंडाकोट–१ मा होटल ड्रिम्स संचालनमा आएको हो ।
होटलका सञ्चालक सीता पुन सापकोटाले टिपिकल नेपाली खाना र थकाली खानाको प्रवन्ध सहित होटलको सुरुवात गरिएको बताउनु भयो ।होटलमा वातानुकुलित ६ वटा रुमहरु सञ्चालनमा ल्याइएको छ । तालिमप्राप्त कुकहरुले थकाली खाना, ढिँडो र लोकल कुखुराको परिकार उपलव्ध गराउने उहाँले बताउनुभयो ।
मौलाकालिका मन्दिर दर्शन गर्न टाढाबाटसमेत आउने ...


