नवलपुरको कावासोतीबाट जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका २ विपि चोकबाट जुवातास खेली रहेका ११ जनालाई पक्राउ गरेको हो ।

विपि चोक स्थित चोल बहादुर कानुङको घरमा जुवातास खेली रहेका कावासोती बस्ने २८ वर्षीय बुद्धि पुलामी, ३८ वर्षीय डम्बर सिंह लामिछाने मगर, ४० वर्षीय नरेश कुमार विक, ३५ वर्षीय विजय कुमार रसाईली, २५ वर्षीय शंकर सुनार, २३ वर्षीय भिम कुमार श्रेष्ठ, २४ वर्षीय कृष्ण बहादुर विक, बौदीकाली बस्ने ३१ वर्षीय लेख बहादुर फाल, ४० वर्षीय खिम बहादुर लामिछाने, २५ वर्षीय विशाल मर्स्याङ्गी र भारत घर भई हाल कावासोती बस्ने ३२ वर्षीय हविजित यादव पक्राउ परेका हुन ।

जुवाको खालबाट रु ५४ हजार ५६० सहित उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरमा राखी थप कारवाही प्रकृया अगाडि बढाइएको उहाँलेबताउनुभयो ।जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लामा जुवातास नियन्त्रणका लागि विषेश पहल गरिरहेको छ । चालु आर्थिक वर्षको हाल सम्म जिल्ला प्रहरी कार्यालयले जुवातास सम्बन्धी ३१ वटा मुदा दर्ता गरिसकेको छ ।

तपाईको प्रतिक्रिया