सुस्मा न्याैपाने 

गैँडाकोट । नेकपा एमाले नवलपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेतृत्वविच छलफल जारी छ । नयाँ नेतृत्व चयनका लागि धेरैजनाले आकांक्षा राखेपछि सहमति कायम हुन सकस परेको छ ।नेकपा एमाले नवलपुरका ईन्चार्ज तिलक बहादुर महत संयोजक रहेको सात सदस्यीय अध्यक्ष मण्डलले सहमति कायम गर्नका लागि कलष्टर विभाजन गरि जिल्ला सदस्यहरुको सूचि तयार गर्न लागि परेको छ ।

महत संयोजक रहेको अध्यक्ष मण्डलमा पार्टिका नेताहरु रविन्द्र अधिकारी, कृष्ण पौडेल, पद्मा जिसी श्रेष्ठ, दिपक अधिकारी, चन्द्रमणी खराल र मझीलाल थारु थनेत सदस्य रहेका छन् ।आगामी तिनवर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गर्नका लागि अध्यक्ष मण्डल लागि परेपनि सहजै नेतृत्व चयन हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ ।

निर्वाचन मण्डलका संयोजक तिर्थ कंडेलले आज रातभर सहमतिको प्रयास गरिने बताए । रातभर सहमतिका लागि प्रयास हुनेछ, कंडेलले भने : सहमति नभए भोलि विहान १० वजेपछि चुनावी प्रकयाका लागि उमेदवारहरुको मनोनयन दर्ता सुरुहुनेछ ।अध्यक्षमा रोशन बहादुर गाहा मगर र जिवन श्रेष्ठले अडान राखेका छन् । एकपटक पार्टिको नेतृत्व गरेको भन्दै अधिकांस प्रतिनिधिहरुले नयाँ नेतृत्वको रुपमा जिवन श्रेष्ठलाई अघि ल्याउनुपर्ने भन्दै आन्तरिक आवाज उठाएका छन् ।

तपाईको प्रतिक्रिया