गैँडाकोट वडा नं ९ ले भाद्र १२ गते वडा स्तरीय तिज गीत प्रतियोगिता गर्दै
गैँडाकोट। नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा नवलपुरको गैँडाकोटमा वडा स्तरीय तीज गित प्रतियोगिता २०७९ को आयोजना हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ ले भाद्र १२ गते विहान ११ वजेदेखि वडा स्तरीय तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो । कला संस्कृतिको जर्गेना गर्दै नारीहरुको सम्मान गर्नको लागि वडा स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।
वडा नं. ९ मा रहेको हरी ऊँ सत्संग सदनको सभाहलमा आयोजना ...


