गैँडाकोटमा भदौ २४ गतेदेखि ठुलो पुरस्कार राशीको फुटवल प्रतियोगिता हुने
गैँडाकोट । नवलपुरमा भदौ २४ गतेदेखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले भदौ २४ गतेदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाण पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थाप...


