नवलपुर । नवलपुरमा विनयी खोलामा आएको बाढीले टिप्पर बगाएको छ । विनयीत्रिवेणी गाउँपालिका वडा नं. ४ पाखापानी स्थित भित्री (पाखापानी सर्दी) सडक खण्डमा ग २ ख १०२४ नम्बरको टिप्पर बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुर दिएको जानकारी अनुसार २०० मिटर जती बगाएको टिप्पर खोलाको विचभागमा रहेको छ । टिप्परका चालक फरार छन् भने सवारी धनि सम्पर्कमा आएका छन् ।

तपाईको प्रतिक्रिया