गैँडाकोट । नवलपुरमा भदौ २४ गतेदेखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले भदौ २४ गतेदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाण पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै बेष्ट गोलकिपर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

बिजेतालाई प्रदान गरिने १ लाख ११ हजार १ सय ११ रुपैँया राशीको सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता गैँडाकोटको सबैभन्दा ठुलो राशीको पुरस्कार भएको आयोजकले जनाएको छ । प्रतियोगितामा टिम दर्ता गर्नका लागि ५ हजार ५ सय रुपैँया शुल्क निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया