गैँडाकोट । नवलपुरको गैँडाकोटमा बिना सूचना झ्याप झ्याप हुने बिद्युत कटौतीले उपभोक्ता मर्कामा परेका छन् । हावाहुरी नलागेको समयमा नै लाईन काटिदा स्थानीय आक्रोशित छन् ।लाईन काटिएको समयमा उपभोक्ताले प्राधिकरणमा फोन गरेर जानकारी माग्दा समेत कार्यालय प्रमुख र अन्य कर्मचारीको समेत फोन नउठ्ने उपभोक्ताको गुनासो छ ।
विना सूचना बिजुली काटिदा समस्या भईरहेको स्थानीयको भनाई छ । एकपटक गएको बिजुली कतिबेला आउँउ पत्तै हुँदैन, बिजुलीको लुकामारीले एकदमै दुख दिएको हो । प्रकाश भण्डारीले गुनासो गर्दै भने ‘दिनमा पटक पटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरूलाई बिजुलीको यो लुकामारीले गर्दा काम गर्न एकदमै अप्ठ्यारो हुन्छ ।’
यस्ता समस्याबाट उद्योगी, पर्यटन व्यवसायी र विद्यार्थीहरुलाई मर्का परेको छ । हाई र लो भोल्टेजका कारण स्थानीयका घरमा जडान गरिएका ईलेक्ट्रोनिक सामान बिग्रिएका छन् ।गैँडाकोटमा यस्तो समस्या हालसालै मात्र देखिएको भने होइन । बिद्युत आपुर्ती सुधार नहुँदा लामो समयदेखि उपभोक्ताहरु पीडित छन् । विगत केही महिना झन् बिद्युत अनियमित हुने गरेको हो ।जिल्लाको विद्युत सेवा अवरुद्ध भईरहने गरेकोले व्यवसायी, कर्मचारी र विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ ।विद्युत जानेबित्तिकै टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, स्पष्ट आवाज नआउने गरेको नगरवासीले बताउदै आएका छन ।
पटक पटक बिजुली आउने जाने गर्दा पत्रकारहरु समेत हैरान भएका छन् आफुले गर्ने कार्य विद्युतसँग जोडिएको छ, समाचार लेखेर प्रकाशन तथा प्रशारणमा लाइन नहुँदा निकै समस्या भएकाे छ । दिनकै पटक पटक बिजुली जाँदा सूचना प्रवाह गर्नुपर्ने रेडियाे समेत बन्द गर्नुपरेकाे छ । यहाँकाे रेडियाे संकेतका स्टेशन मेनेजर सुजन अधिकारीले बिजुली लामाे समय जाँदा बैकल्पिक ब्यवस्थाले समेत रेडियाे चलाउन नसकिएकाे भन्दै रेडियाेनै बन्द गर्नुपरेकाे जानकारी दिनुभयाे ।
बिधुत प्राधिकरण भने समस्या समाधानमा लागिरहेको बताउछ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख अमितकुुमार कर्णले गैँडाकोट वडा नं. १ र २ का अधिकांस क्षेत्रमा आँपटारी सवस्टेशनबाट र अन्य वडाहरुमा मुकुन्दपुर सवस्टेशन बाट विजुली उपलव्ध गराइएको बताउनुभयो ।
आपटारी सवस्टेशनबाट आउने विजुलीलाई सिधै गैँडाकोटमा मात्रै पठाउनका लागि प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो । कर्णका अनुसार यसरी ग्रामिण क्षेत्रमा पठाइएको विजलुी गैँडाकोटमा केन्द्रित गर्न सकेको खण्डमा हावाहुरीका कारण रुखहरु ढल्टा हुने समस्या समाधान हुनेछ । हामिले गैँडाकोटको समस्यालाई समाधान गर्नका लागि असौजदेखि नयाँ फिडर बनाएर विजुली दिने समेत तयारी गरेका छौ, उहाँले भन्नुभयो ।



उज्यालो खबर




