×

नवलपुर । नेपालकै सर्वोत्कृष्ट मंगलम सीपीभीसी तथा पिभीसी पाईप उद्योग भैरहवाको आयोजना तथा भृकुटी इन्टरप्राईजेज गैँडाकोटको सहकार्यमा पलम्वर(टेक्नीसीएन) हरुको बृहत भेला नवलपुरको कावासोतीमा सम्पन्न भएको छ ।

मंगलम सीपीभीसी तथा पिभीसी पाईप उद्योगका रिजनल सेल्स मेनेजेर सुवास पौडेलको प्रमुख आतिथ्यता तथा भृकुटी इन्टरप्राईजेज गैँडाकोटका प्रोपाईटर देशबन्धु सिग्देल र सुदन पियाको आतिथ्यतामा सम्पन्न भेलामा जिल्लाको रजहर, प्रगतीनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला र दुम्कीवासका पलम्वरहरु सहभागि रहेका थिए ।

सो अवसरमा मध्यविन्दुका तारापती थनेतलाई उत्कृष्ट पलम्बरको रुपमा टिभीएस मोटरसाइकल उपहार स्वरुप प्रदान गरि सम्मान गरिएको थियो । त्यसका साथै भेलामा सहभागि सबै (टेक्नीसीएन)हरुलाई कम्पनीको तर्फबाट माँयाको चिनो प्रदान गर्नुका साथै सम्मान गरिएको थियो ।

रुपन्देहीको भैरहवामा उद्योग रहेको मंगलम सीपीभीसी तथा पिभीसी पाईपले देशका ७७ वटै जिल्लाहरुमा आफ्नो बजार विस्तार गर्न सफल भएको छ । निर्माणको क्षेत्रमा ग्राहकहरुको मन जित्न सफल भएको मंगलम सिपीभिसी तथा पिभीसी पाईप माथी ग्राहकहरुको विश्वास छ ।

तपाईको प्रतिक्रिया