×

दयाराम आचार्य

नवलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल –प्याब्सन नवलपुरको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य  प्रतियोगितामा लिटिल स्टेप एकेडेमी अरुणखोला प्रथम भएको छ । जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको नृत्य प्रतियोगितामा सरस्वती निकेतन गैंडाकोटले द्धितीय स्थान प्राप्त गरेकाे छ । प्रतियोगितामा अरुणखोला बोडिङ्ग स्कुलले तृतीय स्थानमा चित्त बुझाएकाे छ ।प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमश २० हजार ,१५ हजार र १० हजार प्राप्त गरेका छन् ।

प्याब्सनकाे केन्द्रीय कार्यक्रम अनुसार जिल्ला स्तरमा प्रतियोगिता सम्पन्न गरिएको प्रतियोगिता एवं प्याब्सन नवलपुरका जिल्ला अध्यक्ष दीपक रावतले बताउनुभयो । विद्यार्थीहरुमा भएका कला प्रस्फुटनका लागि केन्द्रीय कार्यक्रम अनुसार प्रतियोगिता भएको उहाँले बताउनुभयो ।

प्रमुख अतिथि प्याब्सन केन्द्रीय  उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले जिल्लामा भएको प्रतियोगिता भएपनि यो केन्द्रीय स्तरकै कार्यक्रम भएको बताउनुभयो । जिल्ला ,प्रदेश हुँदै केन्द्र सम्म लोक नृत्य प्रतियोगिता कार्यक्रम हुने बताउँदै जिल्लामा प्रथम विद्यालय प्रदेशमा सहभागि हुने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया